दोहा । अमेरिका र इरानबीच हर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापन तथा दीर्घकालीन युद्धविराम सुनिश्चित गर्ने विषयमा बुधबार कतारको दोहामा अप्रत्यक्ष वार्ता भएको छ। वार्ताबारे प्रत्यक्ष जानकारी भएका एक स्रोत र एक इरानी अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्ससँग यसको पुष्टि गरेका हुन्। गत महिना सम्पन्न १४ बुँदे अन्तरिम सम्झौताअनुसार वार्ता अघि बढाइएको हो। उक्त सम्झौतामा इरान–अमेरिकाबीचको युद्ध…