वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेकाे अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् । वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो । ती सञ्चारमाध्यमले ह्वाइट…