मोगादिसु । ऋणदाता राष्ट्रहरूको अनौपचारिक समूह पेरिस क्लबले सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न सहमत भएको छ। यस समूहको उद्देश्य ऋणी राष्ट्रहरूले सामना गर्ने भुक्तानी समस्याहरूको व्यावहारिक समाधान खोज्नु रहेको छ । सोही अनुरूप सोमालियाको समस्यालाई दृष्टिगत गरी सो निर्णय लिइएको हो । सन् २०२३ डिसेम्बरमा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) समेतको पहलबाट…