मानव तस्करीको आशंकामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ। फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु गरेको हो। विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन। पेरिस सरकारी वकिलको कार्यालयले संगठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ…