काठमाडौं । अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको संयुक्त सैन्य कारबाहीको २५औँ दिन मंगलबार युद्धको स्वरूप थप अनिश्चित बनेको छ। एकातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 'सकारात्मक' वार्ता भइरहेको दाबी गरेका छन् भने अर्कोतर्फ इरानले यसलाई झुटो प्रचार भन्दै इजरायल र खाडी क्षेत्रमा मिसाइल वर्षा जारी राखेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार राती ह्वाइट हाउसबाट…