काठमाडौं । दक्षिणपूर्वी टर्कीको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउबाट धेरै मानिसहरूलाई बाहिर निकालेको देखाइएको छ। “उनीहरूलाई मानव बेचबिखनका लागि ट्याङ्करमा राख्न लागेको आशङ्कामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ,” भिडियो…