ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी १०० भन्दा बढी घाइते भएको पिङटुङ काउन्टी सरकारले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएको छ । आगलागी नियन्त्रणका क्रममा खटिएका एक अग्निनियन्त्रक र अन्य तीन जना हराइरहेका छन् । ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार बिहान घटनास्थलको भ्रमण…