काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । जारी युद्धविरामका बीच आक्रमण गरिएको हो । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले एक विज्ञप्तिमा ती आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरेको…