कराँचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्। नि:शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासि भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।…