काठमाडौं । अमेरिका र इरानबिच केही हप्तादेखि युद्धविराम छ, तर द्वन्द्व स्थायी रूपमा अन्त्य भइसकेको छैन। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब समय सकिँदै गएको बताएका छन्। दोस्रो चरण वार्ता गर्ने प्रयास अवरुद्ध भएपछि ट्रम्पले इरानलाई घडीको सुई छिटो-छिटो घुमिरहेको चेतावनी दिएका हुन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानका लागि घडी टिकटिक गर्दै…