दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवम् स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा १६ जना, दातु ब्लाह सिनसुआतमा १० जना र उपीमा पाँच जनाको ज्यान गएको हो…