रुसले कब्जा गरेको युक्रेनको खेरसन क्षेत्रबाट सर्वसाधारणलाई हटाउने भएको छ । युक्रेनी सेनाले दैनिक रकेट हमला गरेको आरोप लगाउँदै दक्षिणी खेरसन क्षेत्रका रुसी नेता भ्लादिमिर साल्डोले सो क्षेत्र खाली गर्न नागरिकलाई आह्वान गरेका हुन् । साल्डोसँगको फोनवार्तापछि रुसी उपप्रधानमन्त्री मारात खुस्नुलिनले सरकारी टेलिभिजनमा सन्देशमार्फत समर्थन गरेको बीबीसीले जनाएको छ । रुसी सरकारले खेरसन क्षेत्रका बासिन्दालाई…