अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन्। बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्डले अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गरेकी हुन्। लौरा अहिले ७४ वर्षकी भइन्। विश्वका धनाढ्य जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानबाट उनी अन्तरिक्षतर्फ प्रस्थान गरेकी हुन्। सन् १९६१…