पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छिन्। मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानकारी दिएकी छिन्। २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी छिन्। ‘आज मेरो जीवनको विशेष दिन हो। असर र म बैबाहिक बन्धनमा बाँधिएका छौं,’ ट्विटरमा उनले लेखेकी…