चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौँ विद्यार्थीहरूलाई एउटा प्राथमिक विद्यालयमा घण्टौँसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरूको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा भएर बसेका थिए । विद्यार्थीहरुको कोभिड परीक्षण गरिएकोले त्यसको नतिजा नआउन्जेल मध्यरातसम्म विद्यालयमै बस्न भनिएको थियो ।…