जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो। जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्। स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ। भूकम्प आए पनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्।