भारतमा वायु प्रदूषणका कारण ४० प्रतिशत भारतीयको औसत आयु नौ वर्ष घट्ने देखिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुको एक समूहले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनमा यस्तो जानकारी दिइएको हो । मध्य, पूर्वी र उत्तरी भारतसहित राजधानी नयाँ दिल्लीमा बस्ने ४८ लाख भारतीय उच्च प्रदूषणको जोखिममा रहेको सिकागो विश्वविद्यालयका विज्ञहरुको अध्ययनमा उल्लेख छ । ‘भारतको उच्च तहको…