रातो मच्छिन्द्रनाथको जात्रा, लगनखेलमा नरिवल खसालिँदै

रातो मच्छिन्द्रनाथको जात्रा, लगनखेलमा नरिवल खसालिँदै


काठमाडौं उपत्यकाकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज लगनखेलमा नरिवल खसालिँदैछ। 

लगनखेलस्थित देउला टोलमा रहेको रथबाट नरिवल खसालिन्छ। वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पुर्याएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको छ। 

मच्छिन्द्रनाथ र मिननाथको रथबाट एक/एक वटा नरिवल खसालेर नरिवल खसाल्ने जात्रा मनाइन्छ। ३२ हात लामो रथको टुप्पोबाट खसालिने नरिवल समात्न मानिसहरुको भीड लाग्ने गर्छ। नरिवल समात्नेले सुख, शान्ति भोग गर्न पाउने किंवदन्ती छ। 

परापूर्वकालमा कर्कट नामका नागराज मच्छिन्द्रनाथको जात्राका क्रममा खसालेको नरिवल हेर्न पुगेको किंवदन्ती छ। 

Logo