आज २५६६ औँ बुद्ध जयन्ती मनाइँदै

आज २५६६ औँ बुद्ध जयन्ती मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज २५६६ औँ बुद्ध जयन्ती। शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना गरि मनाइँदैछ। 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा पूजा गरिन्छ। 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको स्मरणस्वरुप आज बुद्ध जयन्ती मनाउने प्रचलन छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्वीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् । आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ। 

बुद्ध जन्मस्थलमा आज बुद्ध जयन्तीको अवसरमा पूजनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनीमा छन्।  

Logo