इमानले राष्ट्र बैंकलाई बुझायो अन्तरदेशीय डिजिटल कारोबार प्रतिवेदन

इमानले राष्ट्र बैंकलाई बुझायो अन्तरदेशीय डिजिटल कारोबार प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले राष्ट्र बैंकलाई अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धि अध्ययन प्रतिवेदन बुझाएको छ । 

आईतबार राष्ट्र बैंकको कार्यालयमा विशेष कार्यक्रम गर्दै इमानका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डलले गभर्नर महाप्रसाद अधिकारीलाई प्रतिवेदन बुझाएको हो । 

उक्त प्रतिवेदन बुझ्दै गभर्नर अधिकारीले डिजिटल कारोबारले इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई सहज हुने अपेक्षा लिएको बताए । ‘हाम्रो बोर्डरमा इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई पेमेन्टको समस्या छ । नेपालबाट ईन्डिया जाने विद्यार्थीहरुलाई,तीर्थ यात्रुहरुलाई अप्ठेरो थियाे । त्यसमा अब यो अन्तर देशीय डिजिटल कारोबारले सहज पुग्ने छ । यसको लागि हामी थप हाेमवर्क गर्ने छौं ।’ उनले भने । 

Skip This
Skip This
Logo