नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर

नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। साेमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। 

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।

हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

साेमबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। 

Logo