मध्यबानेश्वरमा सामसङकाे नयाँ सर्भिस सेन्टरको शुभारम्भ

मध्यबानेश्वरमा सामसङकाे नयाँ सर्भिस सेन्टरको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

सामसङले हालै मध्यवानेश्वरमा एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । 

सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थिती रहेको थियो । सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ शाखा हाे । 

बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हाल सम्मै सामसङले काठमाडौँ उपत्यकाभित्र ५ वटा र उपत्यका बाहिर १५ वटा सर्भिस सेन्टर गरी २० वटा स्थानहरूमा पहिलेदेखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो र बानेश्वरस्थित रहेको २१औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीले विश्वास राखेकाे छ ।

यस बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ । सो प्रारम्भित सर्भिस सेन्टरबाट वानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि कम्पनीको विश्वास छ ।

Skip This
Skip This
Logo