कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो। मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।
बैंकले जेठ १७ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ। लिलामी सेयरको आवेदन बुधबार बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौँमा खोलिनेछ।





























प्रतिक्रिया