अवसर इक्विटी फन्ड र हिम पर्वत हाइड्रोपावरबीच लगानी सम्झौता

अवसर इक्विटी फन्ड र हिम पर्वत हाइड्रोपावरबीच लगानी सम्झौता

केन्द्रबिन्दु
0
Shares

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ। दुईवटा रन अफ रिभर हाइड्रोपावर निर्माण गर्न सम्झौता गरिएको छ।

सागु खोला-१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२० मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो।  दुवै आयोजनाका लागि विद्युत् खरिद सम्झौता पनि सम्पन्न भएको छ। आयोजनाबाट कुल उर्जा उत्पादन हुने अपेक्षा १४९ (जिडब्लुएच) प्रति वर्ष रहेको छ।

आयोजनाबाट उत्पादन हुने विद्युत् सिंगटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यी आयोजनाहरुको व्यावसायिक सञ्चालन  २०८१ चैत २९ गतेबाट हुनेछ। कोषको लगानीले आयोजना समयमै सम्पन्न गर्न सहज बनाउने छ। 

Skip This
Skip This
Logo