युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट मिति तय

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट मिति तय

केन्द्रबिन्दु
0
Shares

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट मिति तय भएको छ। बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहीबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँट हुनेछ।

लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्कासन गरेको थियो। कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको हो। अन्तिम दिनसम्म उक्त एफपीओमा १४ लाख ४ हजार ७ जनाको आवेदन परेको थियो। यो माग भन्दा ४२.९६ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेको हुनाले एफपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ। एफपीओ ३७ हजार ९४२ जनाले १०–१० कित्ताका दरले पाउनेछन्, भने बाँकी १३ लाख ६९ हजार ६५ जनाको हात खाली हुनेछ ।

Logo