प्रचण्डलाई ओलीको व्यंग्य पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन

प्रचण्डलाई ओलीको व्यंग्य पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन


एमाले अध्यक्ष केपीशर्मा ओलीले पुजापाठबाट अर्थतन्त्र सुधार नहुने भन्दै व्यंग्य गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यंग्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनावद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए।
 
उनले भने,‘यहाँ भएन भने इण्डिया गएर १०८ किलो चढाएर भएपनिभगवान छन् निहाम्राकिन कोशीसगर्न पर्यो भन्ने छ। तर, त्यसरी अर्थतन्त्र सुदृढ हुँदैन्,संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ काँही पनि भएको छैन अर्थमन्त्री ज्यू।’

अर्थतन्त्रको सुधारको लागि भारतसँग आस गरेको आरोप लगाउँदै उनले पूजापाठ गरेर भगवानलाई खुशी बनाएर नहुने तर्क गरे।  योजनावद्ध प्रयासबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाई छ । 

Logo