यस्ताे छ तरकारी र फलफूलकाे मूल्य

यस्ताे छ तरकारी र फलफूलकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। 

जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १२ रुपैयाँ,रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ६०,लोकल घिउ सिमी लोकल ६०, भटमास कोशा १३०,मटर कोशा १७०, राजमा सिमी ११०,तिते करेला ५०,लौका ६०,परवल लोकल ९०,पाकेको फर्सी ५०,डल्लो फर्सी हरियो ४०, घिरौंला ५०,भिण्डी ७०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २००,ब्रोकाउली ९०,तोफु११०,लोकल काँक्रो ११०रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ।
 
चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ ३०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। 

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०,भारतीय दसहरी आँप ९०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल१०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ।

Logo