जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन्।नेपाल बिमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन्।
यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३६ लाख ६१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसनले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यसैगरी, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छ।





























प्रतिक्रिया