इलेक्ट्रिक कार वुलिङ एयर ईभीको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले बुकिङ खुला गरेको छ ।
बज्र ग्रुप अन्तर्गतको सो कम्पनीले दोस्रो वार्षिकोत्सवको अवसरमा वुलिङ एयर ईभीको मूल्य समायोजन गर्दै बुकिङ खुला गरेको हो । समायोजन गरिएको मूल्यअनुसार यसलाई २० लाख ९९ हजार रुपैयाँ पर्नेछ । यसअघि नेपाली बजारमा दुई भेरिएन्टमा उपलब्ध हुने भनिएकाे साे गाडीको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ मूल्य हुने बताइएको थियो ।
तर, प्रमोसनल अफरको रुपमा सो मूल्य समायोजन गरेर बुकिङ प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले ५० हजार रुपैयाँ सम्मको एसेसरिज समेत प्राप्त गर्न सक्नेछन् ।
वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिनेछ । जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने कम्पनीको विश्वास छ ।































प्रतिक्रिया