साल्ट ट्रेडिङ्गले बोलायो चैत २३ मा साधारणसभा

साल्ट ट्रेडिङ्गले बोलायो चैत २३ मा साधारणसभा

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्नो ५७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गरेको कर्पाेरेशनले चैत २३ गते साधारणसभा आह्वान गरेको हो।

कर्पाेरेशनले उक्त लाभांश सुरक्षित गर्नका लागि चैत ८ गतेसम्म कम्पनीको शेयर खरिद गर्नुपर्ने जनाएको छ। ५७ औँ वार्षिक साधारणसभाका लागि आर्थिक बर्ष २०७९-२०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ।

यस्तै आर्थिक वर्ष २०७९–२०८० को लेखापरिक्षकको प्रतिवेदन सहित मोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने तथा लेखापरिक्षण समितिको सिफारीश अनुसार आर्थिक वर्ष २०७०–२०८१ को वित्तीय विवरण लेखापरिक्षण गर्न लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने जनाएकाे छ।

Skip This
Skip This
Logo