नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोकाे मिति सर्‍याे

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोकाे मिति सर्‍याे

केन्द्रबिन्दु
42
Shares

नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रर्वद्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाडौंमा आयोजना हुन लागेकाे नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट २०२४ को मिति परिवर्तन भएकाे छ ।

भारतमा हुन लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने विभिन्न देशका क्रेता तथा अन्य सहभागीहरुलाई नेपाल आउन कठिनाई हुने देखिएपछि आयोजकले मिति परिर्वतन गरेको हो ।

आगामी जुन १ मा भारतको कोलकाता, वाराणसी र बिहारमा निर्वाचन रहेको र मे २९ तारिखबाट सीमा नाका बन्द रहने भएकोले सबै सरोकारवालाहरूको सहभागिता र सुविधा सुनिश्चित गर्न कार्यक्रमको मिति परिर्वन गरिएको समिट इभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए ।

मे ३१ र जुन १ तारिखमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रम अब जुन १४ र १५ माआयोजना हुनेछ । नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइटगर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुखकार्यक्रम हुने लक्ष्य लिएको छ ।

नाइट एस्कपोमा २५० भन्दाबढी होस्ट गरिएका खरीदकर्ताएहरू, एक हजार भन्दा बढि ट्रेड आगन्तुकहरू, र १३० भन्दाबढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजान गरि १६ भन्दाबढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने छ । एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरुको सहभागिता रहने पाण्डेले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड प्रर्वद्धक तथा ह्याम्स अस्पताल हेल्थ पार्टनर, र सफट होलिडेज टान्सपोर्ट पार्टनरका रपमा रहेको नाइट २०२४ ले नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी बन्ने लक्ष्य राखेको छ । जसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किबका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापनागर्ने लक्ष्य राखेको छ ।

एस्क्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने र जसले गर्दा व्यापारिक सम्पर्क बढाउन र नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्नको लागि एक प्रमुख प्लेटफर्मको रूपमायो कार्यक्रम रहने विश्वास गरिएको अर्का संस्थापक शिशिर खनालले जानकारी दिए ।

Logo