नयाँ वर्षमा भी मोटो र सुपर सोको इलेक्ट्रिक बाइक किन्दा विशेष छुटकाे अफर

नयाँ वर्षमा भी मोटो र सुपर सोको इलेक्ट्रिक बाइक किन्दा विशेष छुटकाे अफर

केन्द्रबिन्दु
42
Shares

भी मोटो इलेक्ट्रिक स्कुटर र सुपर सोको इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक डी–लाईफ स्टायल्सले नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले बैशाख ३१ सम्म लागू हुने गरी ल्याएको अफरअन्तर्गत स्कुटर र मोटरसाइकलको खरिदमा ३० हजार नगद छुटको साथै एक्सचेन्जमा १५ हजार बोनस र ३ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पाउनेछन् । साथै, ग्राहकले १ आर्थिक वर्षको रोड ट्याक्स, २ वर्षको सर्भिसिङ र एउटा आकर्षक हेल्मेट निशुल्क पाउनेछन् ।

कम्पनीले ब्याट्रीमा वारेन्टी पनि बढाएर ४ वर्ष पुर्याएको छ ।

काठमाडौं उपत्यकामा गैह्रिधारा र ग्वार्को तथा बाहिर बुटवल, इटहरी र इनरवास्थित सोरुमबाट ग्राहकले अफरको फाइदा लिन सक्नेछन् ।

Logo