नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

केन्द्रबिन्दु
490
Shares

सुनको मूल्यले आज नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो । मंगलबार तोलामा एक लाख ३१ हजार दुई सय निर्धारण भएको थियो ।

यस्तै, तेजावी सुन एक लाख ३२ हजार ३ सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । मंगलबार प्रतितोला रु एक हजार पाँच सय ४५ मूल्यमा कारोबार भएको चाँदी आज भने रु एक हजार ६ सय १० निर्धारण गरिएको छ ।

Logo