एनआईसी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच सहकार्य

एनआईसी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच सहकार्य

केन्द्रबिन्दु
56
Shares

एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंकबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । सो सम्झौताअनुसार क्यापिटलको एसआईपी सेवा अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सजिलै उपलब्ध गर्न सक्नेछन्।

देशभर रहेका लगानीकर्ताहरुलाई एनआईसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच होस भन्ने उदेश्यले महालक्ष्मी विकास बैंकलाई वितरक नियुक्ति गरेको छ । साथै यसले वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत बैंकले लिएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सजिलो सरल र सहज रूपमा बैंकको कार्यालयबाट यो सुविधा लिन सक्नेछन् । बैंकले पहिलो चरणमा आफ्नो केन्द्रिय कार्यालय दरबारमार्गबाट यो सेवा संचालन गर्ने छ भने क्रमशः हरेक प्रदेशमा पहुँच हुने गरी प्रदान गर्ने छ ।

हाल एनआईसी एशिया क्यापिटलले यो सेवा मन्जुश्री फाईनान्स लिमिटेड र समृद्धि फाईनान्स लिमिटेडसँग साझेदारी गरी देशभर रहेका लगानीकर्ताहरूलाई लगानीमा पहुँच विस्तार गर्दै आइरहेको छ ।

Logo