नयाँ वर्षमा सीजीले ल्यायाे आकर्षक उपहार योजना, ५८ हजार ८०० रुपैयाँसम्म क्यासब्याक

नयाँ वर्षमा सीजीले ल्यायाे आकर्षक उपहार योजना, ५८ हजार ८०० रुपैयाँसम्म क्यासब्याक

केन्द्रबिन्दु
70
Shares

इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक अफर ल्याएकाे छ ।

“नयाँ सोचौं, नयाँ रोजौं” नामक उपहार योजनाअन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सीजीमा ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सकिने कम्पनीले जनाएकाे छ ।

साथै सीजीका विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि., अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ । त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ ।

माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नेछन् भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नेछन् ।

साथै शून्य प्रतिशत ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि.जी.को सामान साट्न सक्ने सुबिधा पनि रहेको छ । यो योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको छ ।

Logo