जगदम्बाद्वारा इन्फिनिटीसँगको साझेदारीमा सेती अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

जगदम्बाद्वारा इन्फिनिटीसँगको साझेदारीमा सेती अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

केन्द्रबिन्दु
21
Shares

जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निशुल्क उपलब्ध गराएकाे छ ।

यस पहललाई व्यवसायीक सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धताको प्रमाण मान्न सकिने कम्पनीको भनाई छ ।

उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट;कानून प्रबन्धक(कम्पनी सचिव विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डेलगायतकाे उपस्थिति रहेको थियो ।

दुई संस्थाहरू बीचको यो सहकार्यले सामुदायिक कल्याण प्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन गर्दछ।

अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरिएको यस अक्सिजन प्लान्टले स्थानीय समुदायलगायत समग्र सुदुरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ। यस पहलले पक्कै पनि स्वास्थ्य क्षेत्रमा अक्सिजन जस्तो अपरिहार्य तत्वको विद्यमान संकटलाई सम्बोधन गरि अस्पतालको पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने कम्पनीले जनाएकाे छ ।

Skip This
Skip This
Logo