ट्रान्स हिमालय एड्भेन्चरकाे राइडर टोली मुस्ताङमा

ट्रान्स हिमालय एड्भेन्चरकाे राइडर टोली मुस्ताङमा

केन्द्रबिन्दु
210
Shares

ट्रान्स हिमालय एड्भेन्चर बाइक राइडरहरुको टोली मुस्ताङको मुक्तिनाथ क्षेत्र पुगेको छ । साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका हुन् ।

मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरहरुकाबीच ट्रेल बाइक रेस प्रतियोगिता आयोजना गरिएको थियो । साथै सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलामा समेत राइडरहरु सहभागी भएका थिए ।

करिव ३ हजार मिटर उचाईमा भएको सो प्रतियोगिताका विजेताहरुलाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियारबाट पुरस्कृत गरिने बताइएको छ ।

अब राइडरहरु फेरि जोमसोम, बेनी, कुश्मा हुँदै पोखरा फर्किने छन् । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । राइडिङमा काठमाडौं, पोखरा र भारतबाट समेत केही राइडर सहभागी भएका छन् ।

Logo