होटल चितवनको व्यापारमा दोहोरो अंकको वृद्धि, पछिल्लो ४ वर्षमा कति कमायो ?

होटल चितवनको व्यापारमा दोहोरो अंकको वृद्धि, पछिल्लो ४ वर्षमा कति कमायो ?

केन्द्रबिन्दु
70
Shares

चौधरी ग्रुपको होटल चितवन प्रालिको व्यापार दोहोरो अंकले बढेको छ । होटेलले सन् २०२३ मा १२ करोड ८४ लाख रुपैयाँ बराबर व्यापार गरेको छ । जुन अघिल्लो वर्ष २०२२ को तुलनामा १२.३३ प्रतिशत बढी हो ।

होटलले यसअघि सन् २०२२ मा ११ करोड ४३ लाख रुपैयाँ, सन् २०२१ मा ९ करोड ७७ लाख रुपैयाँ र सन् २०२० मा ७ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको थियो । हाल होटल चितवनले ४८ वटा कोठाको सुविधा तथा १ लाख ८० हजार स्क्वायरफिट क्षेत्रफलमा ७० वटा रिटेल स्टोरको मल्टिप्लेक्सको सुविधा दिँदै आएको छ ।

कम्पनीले भारतको द इन्डियन होटल कम्पनी लिमिटेडसँग सम्झौता गरेर नेपालमा फ्रेन्चाइज भित्र्याएको हो । होटल चितवनले सम्झौता गरेको फर्न रेसिडेन्सी ब्राण्डलाई बन्द गरेर भिभान्ता होटल सञ्चालन गर्दै आएको छ । साथै कम्पनीले मल भने सीजी ल्यान्डमार्क ब्राण्डमा सञ्चालन गर्दै आएको छ ।

Logo