आठ महिनामा नेपाल भित्रियो नौ खर्ब ६१ अर्ब रेमिट्यान्स, फागुनमा बढ्याे

आठ महिनामा नेपाल भित्रियो नौ खर्ब ६१ अर्ब रेमिट्यान्स, फागुनमा बढ्याे

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यसअघि माघमा भने १ खर्ब ६ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३ दशमलव नौ प्रतिशतले बढेको थियो ।

Logo