काठमाडौं

प्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका लागि वाणिज्य मन्त्रालयले १४ वटा एजेन्डा तयार पारेको छ । "/>

प्रधानमन्त्रीको चीन भ्रमणमा वाणिज्यका १४ एजेन्डा

प्रधानमन्त्रीको चीन भ्रमणमा वाणिज्यका १४ एजेन्डा


काठमाडौं

प्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका लागि वाणिज्य मन्त्रालयले १४ वटा एजेन्डा तयार पारेको छ । वाणिज्यले तयार पारेका एजेन्डामा व्यापार सहजीकरण देखि पारवहन सम्मका विषय समेटिएका छन् । परराष्ट्र मन्त्रालयले दिएको निर्देशनका आधारमा वाणिज्यले गृहकार्य गरिरहेको मन्त्रालयका प्रवक्ता रवीशंकर सैंजूले बताए । उनले भने, ‘विगतमा चीनसँग व्यापार, लगानी र दुई पक्षीय परियोजनामा भएका समझदारीलाई नै अन्तिम रूप दिइनेछ ।’

२०७२ चैतमा चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओली र तत्कालीन चिनियाँ समकक्षीबीच पारवहन तथा यातायात, स्वतन्त्र व्यापार सम्झौता लगायत महत्वपूर्ण विषयमा समझदारी भएको थियो । सोही विषयलाई नेपालका पक्षबाट अन्तिम रूप दिई छलफलमा प्रस्तुत गर्ने सरकारको तयारी रहेको प्रवक्ता सैंजूले बताए ।

गत वैशाख १० मा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा मन्त्रालयका सचिवको बैठकले विगतमा चीनसँग भएका र कार्यान्वयनका चरणमा रहेका सन्धीसम्झौतालाई अगाडि बढाउने निर्णय गरेको थियो । नेपालका पक्षबाट निरन्तरता सहित अन्तिम रूप दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मा दिने बैठकमा निर्णय भएको थियो । यसका लागि परराष्ट्रले कार्यक्षेत्र समेत दिएको थियो ।
अन्नपूर्णबाट

Logo