सन्‌राइज बैंकको साधारणसभा १५ पुसमा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेन्डा

सन्‌राइज बैंकको साधारणसभा १५ पुसमा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेन्डा


सन्‌राइज बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेन्डासहित आम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सभा आह्वान गरेको हो। सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ। 

सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन्। 

बैंकले सधारणसभा प्रयोजनार्थ ४ पुसमा एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार ३ पुससम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

Logo