काठमाडौं

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा पनि एमडिएमएस (स्नातकोत्तर) तहमा सरकारले निर्धारण गरे अनुसार २३ लाख रुपैयाँ शुल्क लागू गर्न चिकित्साशास्त्र अध्ययन संस्थान (आइ ओएम) फ्याकल्टी बोर्डले सिफारिस गरेको छ । "/>

मेडिकल पिजी तहमा २३ लाख शुल्क सिफारिस

मेडिकल पिजी तहमा २३ लाख शुल्क सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा पनि एमडिएमएस (स्नातकोत्तर) तहमा सरकारले निर्धारण गरे अनुसार २३ लाख रुपैयाँ शुल्क लागू गर्न चिकित्साशास्त्र अध्ययन संस्थान (आइ ओएम) फ्याकल्टी बोर्डले सिफारिस गरेको छ ।

सोमबार बसेको बोर्ड बैठकले मन्त्रिपरिषद्को ०७२ भदौ ३१ को निर्णय अनुसार शुल्क लागू गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले एमडिएमएस शुल्क २३ लाख तोकेको थियो । काठमाडौं विश्वविद्यालयले सोही अनुसार शुल्क लागू गर्दै आए पनि त्रिवि कार्यकारी परिषद्ले अघिल्लो वर्ष सोही तहका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो । नयाँ शुल्क लागू भएमा गत वर्ष भन्दा आठ लाख शुल्क घट्नेछ ।

केही दिन अघि आइओएम डिन कार्यालयले अघिल्लो वर्षकै शुल्क लागू गर्न सिफारिस गरेको थियो । तर सो सिफारिसमा विवाद भएपछि डिन कार्यालयले फ्याकल्टी बोर्ड बोलाएर नयाँ निर्णय गरेको हो । बोर्डको निर्णयलाई त्रिवि कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ । बोर्डले सरकारले शुल्क तोकिसकेको सन्दर्भमा त्यही शुल्क लागू गर्नु पर्ने दायित्व हुने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo