भारतीय पाइलट अभिनन्दनका १० साहसिक कदम

भारतीय पाइलट अभिनन्दनका १० साहसिक कदम


पाकिस्तानको कब्जामा रहेका भारतीय वायु सेनाको विङ् कमान्डर अभिनन्दन वर्धमान रिहा भएका छन् । पाकिस्तानमा हमला गर्न गएका बेला पाकिस्तानी सेनाले उनलाई नियन्त्रणमा लिएको थियो । आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई पाकिस्तानले शान्तिको सन्देश दिन भन्दै रिहा गरेको हो ।

रिहा भएका पाईलट एक साहसिक व्यक्ति थिए । मार्च १ मा वाघा बोर्डरमा अभिनन्दनको अभिनन्दन गर्नको लागि पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंह, वायुसेनाको वरिष्ठ अधिकारी, अभिनन्दनको आमा बुबा र पुरै देशबासी सिमा क्षेत्रमा पुगेका थिए । प्रस्तुत छ, भारतीय हिरोको उपनाम पाएका पाइलट अभिनन्दनका १० साहसी कदम ।

१. नौशेरा सेक्टर जब २७ फेब्रुअरी २०१९ बुधबार पाकिस्तानको लडाकु विमानमा घुसे । त्यस समय पेट्रोलिङ गरिरहेको भारतीय वायुसेनाको विङ कमान्डर अभिनन्दन वर्धमानले तुरुन्त एक्सन लिए । र, दुश्मनको विमान खेदाउनका लागि निस्किए । उनले यसको केही मतलव नगरिकन दुश्मनसँग लडिरहे । जुन एफ १६ विमान भारतको मिग–२१ भन्दा धेरै उन्नत र शक्तिशाली थियो ।

२. उनले दुई विमानलाई पछ्याए र पाकिस्तानको एक लडाकु विमानलाई खसाईदिए । यो लडाकु विमान पिओकेमा गएर खसेको थियो । यसमा प्रयोग भएको मिसाइलको केही टुक्रा भारतीय क्षेत्रमा खस्यो । यहि झरेको टुक्रा भारतीय सेनाले आइतबारको प्रेस कन्फ्रेन्समा प्रमाणको रुपमा देखाए ।

३. विङ कमान्डर यतिमै रोकिएनन्, उनले अर्को विमानको पनि पिछा गरे । उनलाई थाहा नै भएन कि उसले सिमा पार गरिसकेको छ । त्यतिबेला उनको विमान क्र्यास भयो । यसपछि अभिनन्दन प्यारासुटको साहायताले विमानबाट हामफाले । उनी पिओकेको एक गाउँमा होर्रानको एक पोखरीको छेउमा झरे । यो गाउँ भिम्बर जिल्लामा पर्छ ।

४. गाउँका मानिसहरुले विमानको क्र्यास भएको देखे र पाइलट सुरक्षित प्यारासुटमा उडेको पनि देखे । गाउँको मानिसहरुले उनलाई तुरुन्त घेरा हाले । अभिनन्दनले सोधे ‘यो भारत हो कि पाकिस्तान हो ?’ त्यसको झूठो जवाफ दिँदै एक पाकिस्तानी केटाले भारत हो भने । त्यसपछि पाइलटले ‘भारत माता कि जय’ भन्दै नारा लगाए । यसको जवाफमा पाकिस्तानीले ‘पाकिस्तान जिन्दावाद’ भन्दै नारा लगाए । अभिन्दनलाई बुझ्न धेरै बेर लागेन कि उनी पाकिस्तानी भूमिमा छन् ।

५. भारतीय पाइलटले भने उनको ढाडमा चोट लागेको छ र उनलाई पिउनको लागि पानी चाहिएको छ । भारत माता कि जयको नाराबाट रिसाएका गाउँको केटाले हातमा ढुङ्गा उठाए । अभिनन्दनले त्यो केटाको मनमा डर पैदा गर्नको लागि हावामा फायर गरेका थिए ।

६. विङ कमान्डरले पेस्तोलको निशाना त्यहाँको मानिसहरुमा लगाउँदै त्यहाँबाट पछाडि सर्दै आधा किलोमिटरसम्म भागे । त्यहाँको केटाहरु पनि उनलाई खेदाउँदै उनको पछि लागे । आधा किलोमिटर भागेपछि उसले पोखरीमा हाम फाले ।

७.मिडियाको खबर अनुसार त्यहाँ विङ कमान्डरले आफुसँग भएको महत्वपूर्ण दस्तावेजको पनि पानीमा फ्याकिदिए भने केहीलाई चपाइदिए । यसै क्रममा गाउँको केही केटाहरुले उनलाई समाते । समातेर उनलाई कुटे भने कसैले बचाउने पनि कोसिस गरे । कुटाइको कारण उनलाई धेरै चोट लाग्यो । उनको अनुहार रगतले पोतियो ।

८. यसै बिच पाकिस्तानी सेना पनि त्यहाँ पुगे । र, विङ कमान्डर अभिनन्दनलाई हिरासतमा लिए । हिरासतमा लिएपछि उनलाई भिम्बरको सैन्य इकाईमा लगे । जहाँ उसलाई प्रारम्भिक रुपमा सोधपुछ गरे । पाकिस्तानी सेनाले जे सोधे उसको भिडियो भाइरल भयो, जसमा ऊ पूर्णतः निर्भिक भएर जवाफ दिइरहेका थिए । उनले केही प्रश्नको उत्तर भने दिएनन् ।

९.त्यसपछि उनलाई मुजफ्फराबादमा लगियो । त्यहाँ उनलाई चिया खुवाएर फेरि प्रश्न सोधियो । फेरि उनले प्रश्नको उत्तर दिन स्पष्ट रुपमा इन्कार गरे जुन पहिले पनि गरेका थिए । खासमा उनलाई त्यतिबेला उनको रिहा भएर भारत फर्कन्छु भन्ने लागेको थियो । त्यसैले पाकिस्तानी सैनिकलाई पनि भने तिमीहरुले मेरो साथ राम्रो व्यवहार गर्यौ भने म भारत गएर यसको बारेमा पनि बताउनेछु ।

१०. बुधबार २७ फेब्रुअरीको गिरफ्तार भएपछि कूटनीतिक दबाव आएपछि प्रधानमन्त्री इमरान खानले संसदमा भारतीय पाइलटको रिहा शुक्रबार गर्ने घोषण गरेका थिए । सोही बमोजिम उनी रिहा भए ।

Logo