२०८४ सम्म मुलुककाे अवस्था सुध्रिदैँन,त्यसपछि आशा गर्ने ठाउँ धेरै छः विश्लेषक खतिवडा

२०८४ सम्म मुलुककाे अवस्था सुध्रिदैँन,त्यसपछि आशा गर्ने ठाउँ धेरै छः विश्लेषक खतिवडा


हरेक वर्ष जस्तै, वैशाख एक गते पात्रो फेरिएको छ । पात्रो फेरिनुको अर्थ वर्ष फेरिनु हो। समय फेरिनु हो। नयाँ वर्षले नयाँ साेंच र नयाँ उमंगको सञ्चार गरेको छ। विशेषत नयाँ बर्षसँगै केही न केही सकारात्मक परिर्वतनको अपेक्षा सबैले गरेका छन्। यसै सन्दर्भमा आज हामी नेपालको राजनीतिमा अबको दशक कस्तो होला ? नेपालको राजनीतिक आर्थिक र सामाजिक अवस्था फेरिएला त ? भन्ने कौतुहलता सबैमा जागेको छ । राजनीतिक विश्लेषक डम्बर खतिवडाको विश्लेषण र अनुमानमा भने कस्तो रहला त ८० को दशक ?
 
नयाँ साल आउने बित्तिकै पात्रो पल्टाउने कुरा गर्छौ पात्रो पल्टाउनु र जीवनको नकारात्मक कुरा पल्टाउनु विर्सनुबीच केहि तादाम्यता छ कि छैन नेपालमा त्यस्तो व्यवहार देख्नु हुन्छ कि देख्नुहुँदैन ?

-मानवीय बानी व्यहोराहरु, आचरण, संस्कृति, प्रचलन र मूल्य मान्यताहरुमा परिवर्तन ल्याउनु समयको गणना गरेजस्तो वा क्यालेन्डरको पाना पल्टाए जस्तो सजिलो कुरा होइन । यसमा एउटा के भनाइ छ भने, मानव जातिको इतिहासको हिड्ने तरिका यस्तो हुन्छ । कहिलेकाँही दशकौ बित्दा पनि केही हुदैँन्, कहिलेकाँही २, ४ दिन मै दशकौँ नहुने कुरा हुन्छ । त्यसैले सधैँ आशावादी हुनुपर्छ, यद्यपि घटनाक्रम जुन तरङ्ग हाम्रो देशमा छ, त्यो त्यति धेरै आशावादितालाई समर्थन गर्ने खालको छैन । निराशाजनक नै छ हाम्रो परिस्थिति, हाम्रो राजनीतिक परिस्थिति, हाम्रो राज्य संयन्त्र, हाम्रो शासन प्रशासनको तरिका हाम्रो अर्थतन्त्रको अवस्था, हाम्रो रोजगारको अवस्था यी सबै त्यति धेरै उत्साहजनक होइन, जस्तो मलाई लाग्छ । 

तर पनि आशावादी हुनुको हामीसँग विकल्प छैन र जुन पात्रो यसपालि पल्टिएको छ, वर्षको र एउटा दशकको पनि यो सुखद् होस भन्ने कामना त गर्छु, राम्रो होस् मेरो त अपेक्षा के छ भने यो मूलत: स्वाभिमान र समृद्धिको एउटा युग, एउटा दशक बनोस् भन्ने पनि कामना गर्छु तर फेरि त्यो बन्छ, बन्दैन । त्यसका सम्भावनाहरु, त्यसका आधारहरु त्यति गतिला छैनन् । 

आजले भोलिको संकेत गर्छ भनिन्छ, तपाईले आफूले हेर्दा साच्चिँकै हाम्रो नेपालमा अहिलेसम्म भएका गतिविधिले ७० को दशकमा भएको गतिविधिले कस्तो खालको ८० को दशक देखाउँछ ? 

-यो ७० को दशकको मात्रै कुरा अलि छोटो होला, मैले आफ्नो जीवन कालमा ३० को दशकदेखि यताका कुराहरुलाई अनुभूत गरेको छु । र, पाँच दशकको कुरालाई हे-र्यो भने र पाँच दशकको एकअर्कासँग तुलना गर्ने हो भने मैले के देख्छु भने हरेक एउटा दशक क्रान्ति, परिवर्तन, आशा र उत्साहको दशक हुने तुरुन्तै त्यसपछि आउने दशक चाहीँ फेरि निराशा र अवरोहको दशक हुने जस्तो देखिन्छ । 

एउटा नयाँ क्रान्ति र विद्रोहको दशक हुन्छ कि ८० को दशकको अन्त्यतिर पुग्दा अहिले १, २ वर्षमै हुन्छ जस्तो त लाग्दैन तर यो दशकको अन्त्यतिर पुग्दा सायद देशमा एउटा ठूलो परिवर्तन आउँछ कि फेरि भन्ने मेरो अपेक्षा छ । 

जस्तो ३६ सालमा पञ्चायती व्यवस्थाले जित्यो, लोकतन्त्रले हार्यो, निरङ्कुश राजतन्त्र झन बलियो भयो प्रतिक्रान्ति जस्तो देखियो, फेरि ४० को दशकमा आउने वित्तिकै पञ्चायत गयो, ४७ सालको संविधान बन्यो हामी खुल्ला युगमा आयौँ, उदारीकरणको युगमा आयौं, एउटा क्रान्ति जस्तो देखिन्छ । ५० को दशकमा आउने वित्तिकै तुरुन्तै त्यो संसदीय व्यवस्थाले डेलिभर गर्न नसकेको संसदीय विकृति चुलिएको, माओवादी युद्ध भएको, राजतन्त्रको पूर्नउत्थान भएको देखिन्छ । फेरि ६० को दशकमा आउने वित्तिकै तुरुन्त ठूलो जनविद्रोहहरु, क्रान्तिहरु, नयाँ संविधान सभा, गणतन्त्रको स्थापना, संघीयता यस्तो कुराहरु आएको देखिन्छ भने ७० को दशकमा फेरि प्रतिक्रान्ति भए जस्तो आम निराशा देख्छु मैले जताततै, आर्थिकसंकटहरु पनि बढेको छ । त्यसैले मेरो एउटा अपेक्षा के छ भने यो ३० को दशक देखि जुन हेर्दै आईरहेको छु, यो हेर्दा मलाई के लाग्छ भने एउटा नयाँ क्रान्ति र विद्रोहको दशक हुन्छ कि ८० को दशकको अन्त्यतिर पुग्दा अहिले १, २ वर्षमै हुन्छ जस्तो त लाग्दैन तर यो दशकको अन्त्यतिर पुग्दा सायद देशमा एउटा ठूलो परिवर्तन आउँछ कि फेरि भन्ने मेरो अपेक्षा छ । 

पहिलाको प्रवितिलाई हेर्दा सात साल भन्दा पहिलाको स्थिति हेर्दा ८० मा गर्न बाँकी के रह्यो ? राजनीतिक परिर्वतनका लागि केहि बाँकी छ, नेपालमा राजनीतिक सिस्टम चेन्ज गर्ने हो कि व्यवहार परिर्वतन गर्ने हो ?

-मलाई के लाग्छ भने यो ७२ मा जुन हाम्रो संविधान आयो त्यो हाम्रो ६० को दशकको क्रान्तिकारी अपेक्षा अनुरुप थिएन् । यो संविधान आफैमा एकप्रकारको सेटव्याग जस्तो प्रतिक्रान्तिको त नभनम् यथास्थितिवादको, निराशाको प्रतिक जस्तो भयो त्यसैले संविधान बन्ने बेलाका जुन अस्वीकार, अस्वीकृतिहरु थिए । त्यो विशेषगरि संघीयताको स्वरुप, समावेशिताको स्वरुप, निर्वाचन प्रणाली र अरु विभिन्न सीमाङ्कन, नामाङ्कन, भाषा, सांस्कृतिहरुको अधिकारको प्रश्न, सीमान्तकृत समुदाय र वर्गहरुको अधिकारको प्रश्न, अर्थतन्त्रको ढाँचा सबैसँग जोडिएका मुद्दाहरु अहिले पनि जीवितै छन् । यो कुराहरु हल हुन नसक्दा जसले यो संविधानलाई संसारको उत्कृष्ट संविधान सबैभन्दा राम्रो संविधान भने यथास्थितिवादी शक्तिहरु थिए । उनिहरुले भनेको दाबी पुष्टि त भएन ।

राजनीतिक विकृतिहरु नचुलिएको भए राजनीतिक अस्थीरता र खिचातानीको संस्कृति अन्त्य भएको भए यो क्रान्ति चाहिँदैन भन्न मिल्थ्यो तर क्रान्तिको आवश्यकता त वढेको देखिन्छ क्रान्ति भनेको राजनीतिक परिर्वतन हो ।

संविधान भनेको ८ वर्षमा देशमा धेरै विकास भएको भए, सबैले रोजगार पाएको भए, आर्थिक संकट नआएको भए, भ्रष्टाचार नभएको भए। राजनीतिक विकृतिहरु नचुलिएको भए राजनीतिक अस्थीरता र खिचातानीको संस्कृति अन्त्य भएको भए यो क्रान्ति चाहिँदैन भन्न मिल्थ्यो तर क्रान्तिको आवश्यकता त बढेको देखिन्छ क्रान्ति भनेको राजनीतिक परिर्वतन हो । एउटा संविधान फेर्नु एउटा पार्टी आउनु शक्ति आउनु मात्र बुझ्नु हुन्न, त्यो सिक्वेयन्समा बुझ्नु प-यो हामी दैनिक सरसफाई गर्छौँ हिजो पनि गरेको थिए आज पनि गर्छौँ भन्ने आउनु हुँदैन राज्य भनेको मेकानिजम एउटा इन्टीच्युसन हो त्यहाँ प्रत्येक दिन फोहोर आउँछ । फोहोरको उत्पादन हुन्छ सफाई गरिरहन प-यो यो प्रकृयामा क्रान्ति  भनेको राज्यमा उत्पन्न हुने फोहोरहरुलाई सफाई गर्ने विधि हो । क्रान्तिको आवश्यकताको अन्त्य कहिले हुँदैन ।  

राजनीतिक दलका नेताहरुको भाषण सुन्ने हो भने आम पव्लिकको धारणालाई सुनेर तुलना गर्ने हो भने राजनीतिक परिर्वतनका हिसावले हेर्दा हामी विश्वका सर्वोत्कृष्ट प्रणाली लोकतन्त्रको अभ्यास गरिहेका छौँ भन्ने कुरालाई राजनीतिक उपलव्धिलाई संरक्षण गर्ने सकेनौँ भने धराप हुन्छ यहि संरक्षण गर्नु चुनौती हो भन्ने हिसावले हेरिरहेका छौँ ? 

-तपाई भनेको तर्क यथास्थितिवादी तर्क हो अहिलेको काँग्रेस कम्युनिष्टहरुले भन्ने कुरा हो । यसमा दुई ओटा एङ्गगल छ काँग्रेस कम्युनिष्टहरुले दुइ वटा खतरा देखाउने भए एक जोगाउ होइन भने पछाडि र्फकन्छ राजतन्त्रमा र्फकन्छ पछाडि र्फकन्छ पञ्चायतमा र्फकन्छ एउटा तर्क भयो लोकतन्त्र खतम गर्न चाहने या पश्चागामी शक्तिहरुको कुरा भयो । कुनै पनि समाज कुनै पनि राज्य कुनै पनि अर्थतन्त्र कुनै पनि मानव जातिको इतिहास खास बिन्दुमा गएर त्यो उत्कृष्ट हुँदैन जुन संविधानलाई उहाँहरु संसारको उत्कृष्ट भन्नु हुन्छ अहिलेसम्म उत्कृष्ट राज्य राजनीति उत्कृष्ट अर्थतन्त्र सवै वलियो बनिसक्थ्यो किन बनेन भने त्यसमा पनि थुप्रै कमजोरीहरु छन् ।

त्यो कमजोरीलाई सुधार गर्न डराउछौँ र यथास्थितिवादमा देशलाई राख्न चाहन्छौँ या देश पछाडि र्फकन्छ भन्ने मात्र डर देखाउन चाहन्छौँ भने देश अगाडि जान्छ भन्ने तर्कले ठाउँ पाउँदैन । मेरो तर्क न यो लोकतन्त्रलाई समाप्त गर्नु पर्छ भन्ने हो न अहिलेको प्रयाप्त छ भन्ने हो । लोकतन्त्रलाई पनि जोगाएर अझै अगाडि जाने वाटो रोज्नु पर्छ भन्ने हो । यो तीन ओटा एङ्गगल विचको भिन्नता हो । 

आम नागरिकमा अहिले पनि उठेको प्रश्न र वितृष्णा जगाउनेले अहिलेको सिस्टमसंग वितृष्णा जगाउनेहरुले उठाईरहेको वारम्वारको प्रश्नले प्रणाली परिर्वतन भएपनि प्रवृति परिर्वतन नभएको कारणले गर्दा अहिलेको स्थिति आएको हो । अहिलेको प्रवृतिसंग चाहि सहमति हुनुहुन्छ ? 

-म प्रवृतिसंग पनि सहमत छैन अहिलेको प्रणाली र संरचना सँग पनि सहमत छैन । लोकतन्त्रको आधारभूत मूल्य मान्यताका विश्वास गर्छु । संविधानको आधारभूत मूल्य मान्यतामा विश्वास गर्छु जस्तो लोकतन्त्र बहुदलीय लोकतन्त्र वहुदलीय गणतन्त्र धार्मिक स्वतन्त्रता सामाजिक न्यायमा आधारित हाम्रो समाज व्यवस्था यो चिजमा सहमति छ । यो सिद्वान्त भयो । यो सिद्वान्त अनुसारको अरु चरित्र हामीले निर्माण ग-यौँ कि गरेनौँ । अरु अवयवहरु निर्माण ग-यौँ कि गरेनौँ । अरु संस्थाहरु निर्माण ग-यौँ कि गरेनौ हामीले त्यो अनुसारको मूल्य प्रणाली स्थापित ग-यौँ कि गरेनौँ सस्कृति स्थापना ग-यौ कि गरेनौँ परम्परा र मूल्य मान्यताहरुलाई लोकतन्त्र अनुकुलन ग-यौ कि गरेनौँ भन्ने प्रश्न त बाँकी छ नि ।

त्यो प्रश्नको जवाफ कसले दिने हो आम नागरिक दोषी छन् कि राजनीतिक दलका नेताहरु ? 

अहिले देश वनाउने राजनीतिक दल देख्दिँन। हामीलाई जुन प्रकारको राजनीतिक दल चाहिएको हो, त्यो प्रकारको राजनीतिक दल को जन्म भएको छैन ।

-अहिले देश वनाउने राजनीतिक दल देख्दिँन । हामीलाई जुन प्रकारको राजनीतिक दल चाहिएको हो, त्यो प्रकारको राजनीतिक दल को जन्म भएको छैन । लोकतन्त्रमा वास्तविक लोकतान्त्रिक दलको आवश्यकता हुन्छ । नेपालमा अहिले सम्म बास्तविक लोकतान्त्रिक शक्तिको जन्म भएको छैन । अर्ध लोकतान्त्रिक पारामिलिटरी शव्द हुन्छ, पारा डेमोक्रेटिक अर्धलोकतान्त्रिक दलहरु कहाँ छन् ? पूर्ण लोकतान्त्रिक दलहरु हामी कहाँ छैनन् ? अर्ध लोकतन्त्रले पूर्ण लोकतन्त्रको आन्दोलनलाई न्याय गर्न सक्दैन भन्ने मेरो वुझाई हो । अहिले आएको तिन ओटा नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी , नागरिक उन्मुक्ति पार्टी र र जनमत पार्टी भनिन्छ । उहाँहरु चुनावमा जितेर संसदमा आउन्जेलसम्म उहाहरुको मुल्याङ्गकन फरक थियो मंसिर ४ गते सम्मको चुनावमा त्यस्ता शक्तिहरुलाई प्रोत्साहित गर्नुपर्छ । उत्साहित गर्नुपर्छ भोट दिनुपर्छ । राम्रो हो, हामीले नयाँ ढङ्गगले सोच्नुपर्छ भन्ने भन्थे सायद हामीले बाेलेको ति दलहरुलाई केहि सहज पनि भए होला तर उहाँहरुले जितेर आएपछि संसदमा जुन चरित्र देखाउनुभयो पुराना दलहरुलाई सर्मथन गर्ने जुनसुकै गठवन्धनमा सिद्वान्तहीन ढङ्गगले टाँसिने प्रचण्ड काँग्रेसतिर गएपनि सर्मथन गर्ने प्रचण्ड ओलीतिर गएपनि सर्मथन गर्ने कुनै योजना सिद्वान्त गर्नुपर्ने कामको प्रष्टता विना सरकारमा जाने, आफै नैतिक चरित्रको स्खलन गर्ने रेशम चौधरीको रिहाई नभइ नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने, रवि लामिछाने आफ्नै नागरिकताको कानूनी हैसियत के हो ? राहदानीको कानूनी हैसियत के हो ?भनेर नबुझ्ने तर नारा चाहीँ जान्नेलाई छान्ने दिने आफै जान्ने हो कि होइन थाहा छैन ।

सरकारलाई समर्थन दिएर मन्त्री रिजर्भ गरेर राख्ने सांसद खुस्कीएपनि मन्त्रीको वार्गेनिङ्ग गर्न जाने यो जुन खालको चरित्र देखियो जनमत पार्टीमा पनि मन्त्रालय पाउनु नपाउनुलाई राजनीतिक सिद्वान्त बनाउने काम गरे तीन नयाँ दलहरु पनि पुराना कै सहयोगी जस्तै भइसके ।

Logo