कञ्चनपुर । क्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो सङ्ख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो । निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी…