सधैँ जवान देख्न चाहनुहुन्छ ? यस्ता छन् उपाय

सधैँ जवान देख्न चाहनुहुन्छ ? यस्ता छन् उपाय

केन्द्रबिन्दु
3
Shares

अनुहारमा चाउरीपन बढ्नु भनेको बुढोपनको चिन्ह हो । अनुहारमा चाउरीपन बढ्नुको कारण बढ्दो उमेर हो, तर बुढोहूनुमा एउटा मात्र कारण भने पक्कै छैन । जब हाम्रो शरीरमा समय अगावै बुढोपनको लक्षण देखिन थाल्छ । तव कारण अरु नै हुन सक्छ । बिरामी भइरहने वा लामो समय सम्म औषधिको सेवन गर्नेहरुमा चाँडै बुढोपन देखिन सक्छ ।

त्यसको अलवा तपाईको खराब बानीको कारण पनि हुन सक्छ । खराब बानी र अहिलेको बदलिदो जीवनशैलीको कारण पनि आफ्नो उमेर भन्दा चाँडै बुढ्यौलीले सताउँछ । यसले तपाईको अनुहारमा चाउरीपन मात्र बढाउँदैन तपाईको स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ । त्यसैले यो बुभ्mनु जरुरी छ कि, कुन कुन खराब बानीको कारण तपाईको समय अगावै बुढोपन देखिन्छ त ? हालै भएको एक अनुसन्धानका अनुसार १२ बर्ष पछिको बच्चा चुरोट, रक्सी, तम्बाखू र असन्तुलित आहारको सिकार भएको पाइन्छ । त्यसको प्रभाव र असर सिधै उसको स्वास्थ्यमा पर्छ ।

धुम्रपान 
चुरोट खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने कुरा सबैलाइ थाहा छ । तर कमैलाई मात्र थाहा छ कि चुरोटको सेवन गर्नु भनेको उमेर पुग्नु अगावै हुने बुढ्यौलीको कारण हो । स्वासप्रश्वासको बिरामीको साथै चुरोटले एनजाइमको एक्टिभ गर्ने भएकाले हाम्रो शरीर र अनुहारमा चाउरीपन देखिन थाल्छ ।

क्यालोरीको कमी
जब उमेर बढ्दै जान्छ , हाम्रो शरीरको क्यालोरी लिने क्षमता पनि कम हुदैँ जान्छ । यदि तपाई आफ्नो उमेर र अनुहारमा सधैँ चमक ल्याउनु चाहनुहुन्छ र चाउरीपनबाट बच्न चाहनुहुन्छ भने खानामा धेरैमात्रामा क्यालोरीको सेवन गर्नुहोस् । यसले तन्नेरीका बनाउनाका साथै चाउरीपनबाट मुक्त गराउँछ ।

मानसिक तनाव
उमेर भन्दा अगावै बुढोपन देखाउने प्रमुख कारण हो, मानसिक तनाव । बिभिन्न अध्ययनले देखाएअनुसार तनाव रहित रहँदा शरीर र मस्तिष्कलाई जवान बनाइराख्न मद्दत गर्छ । सबैभन्दा पहिले कुन कुराले तनाव दिन्छ त्यो कुुरा पत्ता लगाउनुहोस् । त्यसपछि त्यसबाट कसरी छुटकारा पाउन सकिन्छ र समाधान के हो ? भन्ने कुरा खोज्नुहोस् । याद राख्नुहोस तपाई तनावमुक्त रहनु भयो भने उमेर अगावै हुने चाउरीपनबाट बच्न सक्नुहुन्छ ।

मोटोपन
धेरैजसोे मानिसहरुलाई लाग्न सक्छ कि आफ्नो उमेर बढेसँगै निन्द्रा पनि कम लाग्छ । यो एकदमै गलत धारणा हो । डाक्टरको अनुसार दैनिक ७ – ८ घण्टा निन्द्राको सबैलाई आवश्यक पर्छ । धेरै सुत्नाले तपाई मोटोपनको सिकार बन्नसक्नुहुनेछ । मोटोपनको कारणले स्वास्थ्यमा पनि बिभिन्न असर पर्न सक्छ । त्यसैले स्वास्थ्य र जवान रहनको लागि मर्निङवाकसँगै फिजिकल एक्सरसाइज, योगा, मेडिटेसन गर्न सकिन्छ ।

अल्कोहलको सेवन
अक्सर भन्ने गरेको पाइन्छ कि, थोरै मात्रामा रक्सी पिउँदा स्वास्थ्यको लागि फाइदा हुन्छ । थोरै–थोरै भन्ने परिभाषा उमेर बढ्दै जाने क्रममा बदलिँदै जान्छ । यस्तोमा रक्सीको सेवनले शरीरमा नकारात्मक असर पर्न जान्छ । यदि तपाई समय अगावै बुढोपनको सिकार हुनबाट बच्न चाहनुहुन्छ भने रक्सीको सेवनबाट टाढा रहनुृहोस् । यिनै कुराहरुको ध्यान हामीले आफ्नो जीवनमा राख्न सक्यौँ भने हामी दिर्घायू जिउनका साथै चाउरीपनको सिकार र तन्नेरी रहन सक्छौँ ।

Logo