वीरगन्जमा १४१ जनाको परीक्षण गर्दा ७८ जनामा काेराेना संक्रमण

वीरगन्जमा १४१ जनाको परीक्षण गर्दा ७८ जनामा काेराेना संक्रमण


वीरगन्जमा सोमबार बेलुकी थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार बेलुकी १४१ जनाको स्वाब नमूना परीक्षण गर्दा ७८ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिए। 

७८ संक्रमितमध्ये पर्सा जिल्लाको मात्रै ६२ जना छन्। ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ५२ जना संक्रमित रहेको डाक्टर दासले जानकारी दिए। पर्सा जिल्लाकै पर्सागढी नगरपालिकाका ३ जना , ठोरी र पकाहामैनपुर गाँउपालिकाका २/२ जना तथा विन्दवासीनी , सखुवा प्रसौनी र कालीकामाइ गाँउपालिकाका १/१ जनामा पनि संक्रमण भेटिएको हो। 
 
यस्तै बारा जिल्लाका १२ जना, सर्लाही जिल्लाका २ जना तथा बाँके र काठमाडौंका १/१ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए।वीरगन्जको नारायणी अस्पतालमै आइतबार राति ९६ जनाको परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको थियो। 

वीरगन्जमा पछिल्लो १० दिनको अवधिमा (चैत २७ देखि बैशाख ६ गतेसम्म) मात्रै ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन्। वीरगन्जमा पछिल्लो एक हप्ता यता दिनहुँ हुँदै आएको परीक्षण गराएकामध्ये आधामा कोरोना संक्रमण भेटिने गरेको छ। सोमबार बेलुकीको परीक्षणमा पनि परिक्षण गराएकामध्ये आधाभन्दा बढिमा संक्रमण भेटिएको हो।

वीरगन्जमा अहिले ३२ जना संक्रमित अस्पतालमा उपचाररत छन्। नारायणी अस्पतालमा २३ जना र बयोधा अस्पतालमा ९ जना संक्रमित उपचाररत रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर दासले जानकारी दिए।अन्नपूर्णबाट

Logo