कांग्रेस महिला विभागद्वारा केन्द्रदेखि वडासम्मका सबै पदमा अनिवार्यरुपमा महिला हुनु पर्ने माग

कांग्रेस महिला विभागद्वारा केन्द्रदेखि वडासम्मका सबै पदमा अनिवार्यरुपमा महिला हुनु पर्ने माग


नेपाली कांग्रेसको महिला विभागले पार्टीको केन्द्रदेखि वडासम्म सभापति वा उप–सभापतिमध्ये एक पदमा महिला अनिवार्य राख्नु पर्ने माग गरेको छ। 

शनिबार र आइतबार दुई दिन चलेको बागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रमपछि घोषणापत्र जारी गर्दै महिला विभागले यस्तो माग गरेको हो। 

सचिव लक्ष्मी खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सहानुभूति मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाउँमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनु पर्ने जोडदार माग गर्दछ ।’ 

भेलाले सबै तहका समिति एवं संसदीय समितिमा एकतिहाइ महिला पदाधिकारी अनिवार्य हुनुपर्ने जोडदार माग गरेको छ।

यस्तै बढ्दो महिला हत्या, हिंसा बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधी राज्यबाट नै संरक्षित भएको ठहर गर्दै भेलाले अपराधीलाई कानुनको कठघरामा उभ्याउन पनि माग गरेको छ । 

महिलाको प्रजनन र प्रसुती स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिए पनि पूर्ण रुपले हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा तत्काल यसको सुनिश्चितता गर्न माग गरिएको छ। विज्ञप्ति यस्तो छ :

Logo