उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा आज बिहान भएको आगलागीमा दुई जनाको मृत्यु भएको छ। लक्ष्मीनारायण खड्काको घरमा लागेको आगोमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट छिमेकीका दुई घरमा समेत क्षति पुगेको छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारण अझै खुल्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार विद्युत् चुहावट हुन सक्ने बताइए पनि अनुसन्धान जारी छ। यस घटनामा करिब ६६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
यसैबीच, उदयपुरमै अर्को सडक दुर्घटनामा मोटरसाइकल र बस ठोक्किँदा एक युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया