एउटै विमानस्थल तीनपटकसम्म शिलान्यास, पाँच वर्षसम्म अझै अधुराे

एउटै विमानस्थल तीनपटकसम्म शिलान्यास, पाँच वर्षसम्म अझै अधुराे

केन्द्रबिन्दु
0
Shares

अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य पुनः सुरु भएको छ। आठ करोड १० लाख रुपैयाँको लागतमा विमानस्थल निर्माण हुन लागेको हो। 

दोस्रो चरणको निर्माणका लागि प्रदीप प्रतिभा खनाल ब्रदर्स जेभीले तीन करोड ५६ लाखमा ठेक्का पाएको छ। नागरिक उड्यन प्राधिकरणसँग एक वर्षको सम्झौता भएर कम्पनीले काम सुरु गरेको छ।

२०७३ साउनमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले विमानस्थल निर्माणको शुभारम्भ गरेका थिए। पाँच करोड ६९ लाखमा विमानस्थलको रनवेको काम सुरु गरिएको हो।

अर्घाखाँचीका प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझीले पहिलोपटक १३ असार ०७३ मा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। पछि उनले ११ चैत ०७४ र २२ साउन ०७६ गरी तीनपटक विमानस्थलको शिलान्यास गरे।

तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन। ०७३ मा शिलान्यास गर्दै रायमाझीले एक वर्षमा काम सक्ने भने पनि पाँच वर्ष बितिसकेको छ। विमानस्थल निर्माणपछि अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी, प्युठानका नागरिक लाभान्वित हुनेछन्।न्युज कारखानाबाट

Logo